Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
माघ १७ गते – जनकपुरधाम

अमेरिका र क्यानडा पठाइदिने प्रलोभनमा रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन्।

नेपाल प्रहरीका अनुसार कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-१ का भुवन कार्की (२५) र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-३ का नितेश पोखरेल (४२) पक्राउ परेका हुन्।

भुवनले अमेरिका पठाइदिन्छु भन्दै तीनजनाबाट १ करोड रुपैयाँ ठगेका थिए भने नितेशले क्यानडाका लागि चारजनाबाट १२ लाख रुपैयाँ असुलेका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भुवनलाई सोमबार काठमाडौं महानगरपालिका-१२ र नितेशलाई मंगलबार कागेश्वरी मनोहराबाट पक्राउ गरेको हो।उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *