Skip to main content

सामाजिक फीड-
माघ १७ गते – जनकपुरधाम

ढाकास्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यशालामा नेपालले बङ्गलादेशका लगानीकर्तालाई ऊर्जा क्षेत्रमा पूँजी परिचालन गर्न आग्रह गरेको छ।

कार्यक्रममा राजदूत घनश्याम भण्डारीले नेपाल–बङ्गलादेश व्यापारिक सम्बन्धबारे चर्चा गर्दै पहिलोपटक नेपालबाट बङ्गलादेशले ४० मेगावाट जलविद्युत् आयात गरिसकेको उल्लेख गर्नुभयो। उहाँले ऊर्जा साझेदारीले सम्पूर्ण दक्षिण एशियालाई लाभ पुग्ने बताउँदै लगानीकर्तालाई नेपालमा व्यापारिक अवसरहरू खोज्न प्रेरित गर्नुभयो।

नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि, स्वास्थ्यजस्ता क्षेत्रमा लगानीका अवसरबारे जानकारी गराउनुभयो।

बङ्गलादेश लगानी विकास प्राधिकरणका कार्यकारी सदस्य डा. खान्डोकर अजिजुल इस्लामले पारस्परिक लगानी सम्बन्ध सुदृढ गर्न नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *