Samajik Feed – News Portal from Nepal

८ मंसिर,। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभामा तनहुँ-१बाट निर्वाचित भएका छन् ।

पौडेल २५ हजार ३१८ मत ल्‍याएर तनहुँ-१ बाट निर्वाचित भएका हुन् । नेकपा एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् ।

रामचन्द्र पौडेलले २५ हजार ३१८ मत ल्याएर निर्वाचित हुँदा एकबहादुर रानाले १९ हजार ९४३ मत ल्याए ।स्वतन्त्रबाट उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका विनोद घर्तीले २ हजार ४८३ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *