समाजिक फिड –
जनकपुरधाम, माघ १५
भारतले नेपाललाई ९० हजार मेट्रिक टन गहुँ उपलब्ध गराउने सहमति गरेको छ। गहुँको माग अनुसार उत्पादन नभएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई लाख मेट्रिक टन गहुँको माग गरे पनि भारतले ९० हजार मेट्रिक टन मात्र दिन सहमति जनाएको हो।
वाणिज्य विभागले यस आयातका लागि इच्छुक फर्म र कम्पनीहरूलाई आवेदन दिन सात दिनको समय दिएको छ। आवेदक कम्पनीको चुक्तापुँजी एक करोड रुपैयाँ हुनुपर्ने र न्यूनतम १०० मेट्रिक टनदेखि १०,००० मेट्रिक टनसम्म आयातको प्रस्ताव गर्न सकिने सर्त राखिएको छ।
नेपालमा वार्षिक १० लाख मेट्रिक टन गहुँको माग रहे पनि गहुँको उत्पादन यो आवश्यकता पूरा गर्न पर्याप्त छैन। २०७९/८० मा ६.९७ लाख हेक्टर क्षेत्रफलबाट २०.९८ लाख मेट्रिक टन गहुँ उत्पादन भएको थियो। भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि स्थानीय मैदा मिलहरू पूर्ण रूपमा सञ्चालन हुन सकेका थिएनन्।
भारतबाट गहुँ आयात भएपछि उद्योगहरूको सञ्चालन सहज हुने अपेक्षा गरिएको छ।