सामाजिक फीड-
माघ ११ गते – जनकपुरधाम
भारतको एक अदालतले सन् २०२१ मा किशोरीमाथि सामूहिक बलात्कार र उनको परिवारको हत्या गरेको अभियोगमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।
घटनामा संलग्न दोषीहरूले सार्वजनिक यातायातको प्रतीक्षामा रहेका किशोरी र उनको परिवारलाई मोटरसाइकलमा लिफ्ट दिएर एकान्त स्थानमा लगि सामूहिक बलात्कार गरेका थिए। प्रतिरोध गर्न खोज्दा किशोरीका बुबा र उनको तीन वर्षीया भतिजीको हत्या गरिएको थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार अदालतले बलात्कार र तीन जनाको हत्यामा संलग्न पाँच जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। त्यस्तै, छैटौं व्यक्तिलाई अपराधमा संलग्न भएको आरोपमा दोषी ठहर गरिए पनि बलात्कारमा संलग्नता प्रमाणित नभएकाले हत्या अभियोगमा आजीवन जेल सजाय सुनाइएको छ।
भारतमा मृत्युदण्डको कानूनी व्यवस्था भए पनि व्यवहारमा यो सजाय विरलै दिइन्छ।