Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ १० गते ।

भारतको महाराष्ट्र राज्यको जलगाउँमा लखनऊबाट मुम्बई जाँदै गरेको रेल दुर्घटनामा चार नेपाली नागरिकको ज्यान गएको छ। भारतीय सञ्चार माध्यमका अनुसार, मृतक नेपालीहरूमा १० वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४० वर्षीय लच्छीराम कन्नु पासी, ४२ वर्षीया कमला भण्डारी र ८० वर्षीया जयकला बटे जयकाडी रहेका छन्।

दुर्घटनामा हालसम्म १२ जनाको मृत्यु भएको पुष्टि गरिएको छ, जसमा सात जनाको पहिचान मात्र भएको छ। ४० भन्दा बढी घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउने नेपाली नागरिकहरूको ठेगाना भने खुलाइएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!