Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ ९ गते ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकाहरूमा रौतहट बृन्दावन नगरपालिका–६ का विजय साह (३६), धनुषा धनुषाधाम नगरपालिका–४ की नेहा अधिकारी (३२) र धादिङ नेत्रावती डबजोङ गाउँपालिका–५ की विवाह घले (४७) रहेका छन्।

विजयले मलेसिया पठाइदिन्छु भन्दै एक पीडितबाट ८० हजार रुपैयाँ, नेहाले युके पठाइदिन्छु भन्दै एक पीडितबाट २४ लाख ५० हजार रुपैयाँ, र विवाहले जापान पठाइदिन्छु भन्दै एक पीडितबाट ४ लाख रुपैयाँ लिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले सोमबार विजयलाई काठमाडौं महानगरपालिका–२६ र नेहालाई ललितपुर महानगरपालिका–१७ बाट पक्राउ गरेको थियो। मंगलबार विवाहलाई ललितपुर महानगरपालिका–१ बाट पक्राउ गरिएको प्रहरीको भनाइ छ।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!