Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, माघ ९ गते ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा निर्मित सामानको आयातमा फेब्रुअरी १ देखि १० प्रतिशत शुल्क लगाउनेबारे सोचिरहेको बताएका छन्। वाशिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले युरोपेली संघ र छिमेकी देशहरू मेक्सिको र क्यानडामाथि पनि आयात शुल्क लगाउने चेतावनी दिए।

उनले मेक्सिको र क्यानडालाई फेन्टनिल औषधि र कागजातविहीन आप्रवासीहरू अमेरिकामा पठाइरहेको आरोप लगाउँदै २५ प्रतिशत आयात कर लगाउन सक्ने बताए।

चुनावी प्रचारका क्रममा उनले चिनियाँ सामानमा ६० प्रतिशतसम्म आयात शुल्क लगाउने वाचा गरेका थिए। ट्रम्पले चीन र युरोपेली संघलाई दुर्व्यवहारकर्ता भन्दै आयात शुल्कमार्फत निष्पक्षता कायम गर्ने उपाय खोजिरहेको बताए।

यसैबीच, चिनियाँ उपप्रधानमन्त्री डिङ सियासियाङले डाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा संरक्षणवादको विरोध गर्दै सबलाई फाइदा पुग्ने उपाय खोज्न आह्वान गरे।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि अमेरिकाको सम्भावित शुल्कको जबाफमा क्यानडा जबाफी कर लगाउने तयारीमा रहेको जानकारी दिए।यो कदमले विश्व व्यापारमा अस्थिरता ल्याउने आँकलन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *