सामाजिक फीड-
जनकपुरधाम, माघ ९ गते ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-८ दिगम्वरपुरस्थित पोखरीमा आज बिहान एक पुरुषको शव फेला परेको छ। स्थानीय गगनदेव महराका २१ वर्षीय छोरा आँसु महराको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ।
पोखरीबाट शव निकालेर पोष्टमार्टमका लागि पठाइएको र घटनाबारे थप छानबिन भइरहेको प्रहरीले जनाएको छ।
स्थानीयवासीका अनुसार आँसु महरा चार–पाँच दिनदेखि हराइरहेका थिए। उनको शव दिगम्वरपुर माध्यमिक विद्यालय नजिकै रहेको पोखरीमा फेला परेको हो। बिहान पोखरीमा शव तैरिरहेको देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई खबर गरेका थिए।
प्रहरीले घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ।