Skip to main content

सामाजिक फीड

जनकपुरधाम, माघ ८ गते।

महोत्तरीमा एक युवकको शव अर्धनग्न अवस्थामा फेला परेको छ । सोनमा गाउँपालिका वाड नम्बर २ बस्ती छेउमा स्थानीय पूर्वगाविस अध्यक्ष गोकुल यादवका २९ वर्षीय छोरा ज्ञानेन्द्र भनिने ज्ञानु यादव रहेको शव फेला परेको हो ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नन्दकुमार चौहानका अनुसार आज बिहान शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको । थिए घटना र शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको छ ।घटनास्थलमा तालिम प्राप्त कुकुर टोलीसमेतल्याएर अनुसन्धान अगाडि बढाएको छ ।शव अर्धनग्न अवस्थामा रहेको र गम्छाले घाँटी थिचिएजस्तो देखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *