Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, माघ ८ गते।

चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा नेपालमा झन्डै ५५ सय वटा विद्युतीय गाडी आयात भएका छन्। भन्सार विभागले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार, गत साउनदेखि पुससम्मको अवधिमा ५ हजार ४ सय ८० वटा विद्युतीय चारपाङ्ग्रे गाडी नेपाल भित्रिएका छन्। यो संख्या गत आर्थिक वर्षको पहिलो ६ महिनासँग तुलनात्मक रूपमा बढी हो, जहाँ ५ हजार १ सय वटा गाडी आयात भएका थिए।

यस पटक आयात भएका गाडीहरूमा ५१ किलोवाटदेखि १०० किलोवाटसम्मको क्षमताका गाडीहरूको सङ्ख्या सबैभन्दा बढी रहेको छ। ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका ३ हजार १ सय ९१ वटा गाडी आयात भएका छन्।

विद्युतीय गाडीको आकर्षणमा वृद्धि भएको कारण भनेको भन्सार छुट र अन्य करमा गरिएको कमी हो। यसका साथै, नेपाल विद्युत् प्राधिकरण र विभिन्न गाडी डिलर कम्पनीहरूले चार्जिङ स्टेशनको सुविधा उपलब्ध गराइरहेको कारण गाडीको चार्जिङमा पनि सहजता पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *