Skip to main content

सामाजिक फीड

जनकपुरधाम, माघ ८ गते।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी माघ १८ गते शुक्रबार सङ्घीय संसद्को हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ। नेपालका संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा यो निर्णय लिइएको हो।

यसअघि, हिजोको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो। सरकारको सिफारिशका आधारमा माघ १८ गते दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा दुवै सदनको अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *