Samajik Feed – News Portal from Nepal


सामाजिक फीड-
जनकपुरधाम, माघ ५ गते ।

प्रथम मधेश आन्दोलनको आज १८ वर्ष पूरा भएको छ । यस अवसरमा मधेश केन्द्रीत दल र मधेश सरकारले आज विविध कार्यक्रमहरूसहित बलिदानी दिवस मनाउँदैछन् । सिरहाको लहानमा २०६३ साल माघ ५ गते रमेश महतोको सहादत भएको दिनलाई सम्झना गर्दै यो दिवस मनाइने गरिएको छ।

माघ ५, २०६३ मा सिरहाको लहानमा रमेश महतोको सहादतपछि मधेश आन्दोलनको शंखनाद भएको थियो । रमेश महतोको सहादतको सम्मानमा मधेश प्रदेश सरकारले यस दिनलाई बलिदानी दिवसको रूपमा मनाउँदै आएको छ।

२०६३ मा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको संयोजनमा आन्दोलन सुरु भएको थियो। त्यसबेला अन्तरिम संविधानको प्रतिलिपि जलाएको आरोपमा संयोजक उपेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेपछि आन्दोलन झन् उग्र बनेको थियो। आन्दोलनकै क्रममा लहानको लिटिल स्टार बोर्डिङ स्कुलमा अध्ययनरत रमेश महतो गोली प्रहारबाट सहिद भएका थिए। रमेश महतोको सहादतसँगै आन्दोलन मधेशभर चर्किएको थियो ।

यस वर्षको बलिदानी दिवस जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको सभाहलमा मधेश सरकारद्वारा आयोजित कार्यक्रममार्फत मनाइँदैछ। गृह, सञ्चार, तथा कानुन मन्त्रालय अन्तर्गत रहेको मधेशी सहिद प्रतिष्ठानको संयोजनमा कार्यक्रम आयोजना गरिएको छ।

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *