Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, पुस २६ गते

मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले संघीयता खारेज भए संविधान पनि खारेज हुने चेतावनी दिएका छन्।

जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री लेखीले संघीय संरचना खारेज हुँदा मुलुकको संविधानमाथि नै प्रश्न उठ्ने बताए। उनले भने, “अहिले एउटा समूहले तीन तहको संरचना बोझिलो भएको र विकृति बढेको भन्दै संघीयतामाथि प्रश्न उठाइरहेको छ। संघीयतामाथि प्रश्न उठ्दा संविधानमाथि पनि प्रश्न उठ्छ भन्ने उनीहरूले बुझेका छैनन्।”

मन्त्री लेखीले संघीयताका कारण मधेसमा भएका प्रगतिहरूलाई उल्लेख गर्दै प्रतिप्रश्न गरे, “मधेसले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय, र मधेस विश्वविद्यालय पाएको उपलब्धि होइन र?”

उनले भारतको संविधान बनेको ७५ वर्षको अवधिमा उत्तर प्रदेश, बिहार र पश्चिम बंगाल जस्ता राज्यका साना बजारहरूको विकासलाई उदाहरण दिँदै संघीयताको कारण मधेसले पनि समानस्तरको विकास गरेको दाबी गरे।

मन्त्री लेखीले संघीयताका उपलब्धिहरूलाई संरक्षण गर्न आग्रह गर्दै संविधानको महत्वमाथि जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *