Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस २५ गते

मधेश प्रदेश सरकारले शहीद परिवारहरूको स्वास्थ्य सेवामा सुधार ल्याउन स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ। यो कार्यक्रम पुस ९ गतेदेखि लागू भएको छ।

गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीका अनुसार यो योजनाले शहीद परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नेछ। मन्त्री लेखीले यस कार्यक्रमले शहीद परिवारलाई आर्थिक भारबाट मुक्त गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे।

गृहमन्त्री लेखीले स्थानीय सेवा र संरचनासम्बन्धी कानूनी संशोधनका लागि कार्यदल गठन गरिएको जानकारी पनि दिए। यो कार्यदलले स्थानीय तहहरूको संरचनामा सुधारका लागि मस्यौदा तयार पार्ने कार्यमा संलग्न हुने जनाइएको छ। कार्यदलले तयार पारेको मस्यौदा बिहीबारसम्म प्रदेश सरकारलाई बुझाउने तयारीमा रहेको मन्त्री लेखीले जानकारी गराए।

शहीद परिवारको स्वास्थ्य उपचारमा सुधार ल्याउने यो पहल प्रदेश सरकारको महत्वपूर्ण कदम मानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *