Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
पुष २४ गते – जनकपुरधाम

नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ९४ हजार ४३५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय रत्ननगर–१, टाँडी, चितवनमा आफूले के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन पर्नेछ ।

तोकिएको मितिभित्र विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेमा सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!