Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
पुष २३ गते – जनकपुरधाम

अमेरिकामा बर्ड फ्लु (एच फाइभ एन वन) बाट पहिलो व्यक्तिको मृत्यु भएको छ। लुइसियानाको स्वास्थ्य विभागका अनुसार, ६५ वर्षको एक पुरुषको ज्यान गएको छ, जसले जङ्गली चरासँग सम्पर्क राख्दै आएको बताएका छन्। विभागले अन्य कुनै व्यक्तिमा यस सङ्क्रमणको सङ्केत नदेखिएको जनाएका छन्।

हालसम्म बर्ड फ्लुको कुनै पनि नयाँ जोखिम देखा परेको छैन, तर चरा, कुखुरा र गाईहरूसँग काम गर्ने व्यक्तिहरूमा जोखिम रहेको स्वास्थ्य अधिकारीहरूले भनेका छन्। डाक्टरहरूले एच फाइभ एन वनबाट बच्न कुनै उपचार नभएकाले, यसबाट बच्नको लागि रोग नलाग्न दिनु नै एकमात्र उपाय भएको बताएका छन्।

संयुक्त राज्य अमेरिकामा सन् २०२४ देखि ६६ जनामा एच फाइभ एन वन बर्ड फ्लुको पुष्टि भएको छ। अन्तर्राष्ट्रिय स्तरमा ९ सय ५० भन्दा बढी मानिसहरूलाई यो रोग लागेको देखिएको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सबैलाई सतर्क रहन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *