सामाजिक फीड-
पुष २३ गते – जनकपुरधाम ।
नेपाल पुलिस क्लब इन्डो–नेपाल रनिङ शिल्ड भलिबलको फाइनलमा पुगेको छ। आज भएको सेमिफाइनल खेलमा पुलिसले गुजरात स्टेट भलिबल एसोसिएशनलाई ३–१ को सेटमा हरायो। गुजरातले पहिलो सेट २७–२५ ले जित्दा, पुलिसले दोस्रो सेट २५–१४, तेस्रो सेट २५–२१ र चौथो सेट २७–२५ ले जित्दै फाइनलमा स्थान बनाएको हो।
पुलिस समूह ‘ए’ को विजेता र गुजरात समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका थिए।
इन्डो–नेपाल रनिङ शिल्ड भलिबलको दोस्रो सेमिफाइनलमा अहिले त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लब बीचको खेल जारी छ। आर्मी समूह ‘बी’ को विजेता र मणिमुकुन्द समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन्। प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ।