सामाजिक फीड–
महोत्तरी, पुस ७ गते ।
शनिवार सम्पन्न जलेश्वर उद्योग वाणिज्य संघको निर्वाचनमा शिवचन्द्र चौधरी अध्यक्ष पदमा विजयी भएका छन्। संघका ८६५ सदस्यमध्ये ७९९ जनाले मतदान गरेका थिए। आइतवार साँझ सम्पन्न मतगणनामा चौधरीले ४१९ मत ल्याएर निकटतम प्रतिस्पर्धी सन्तोष कुमार साहलाई ६१ मतले पराजित गरे। साहले ३५८ मत पाएका थिए।
खुल्ला उपाध्यक्षमा राम एकवाल साहले ४५६ मत ल्याएर जित हात पारे। उनका निकटतम प्रतिद्वन्द्वी अजित कुमार चौधरीले २९८ मत प्राप्त गरे।
महासचिवमा राजकुमार पुर्वे (राजु) ३२१ मतसहित विजयी भए। स्वतन्त्र उम्मेदवार राकेश कुमार साहले २३२ मत र छेदी चौधरीले १८५ मत पाएका थिए।
कोषाध्यक्षमा नारायण कुमार गुप्ताले ४११ मतसहित जित हासिल गरे। उनका प्रतिस्पर्धी रञ्जित कुमार चौधरीले ३३३ मत पाएका थिए।
सचिवमा चन्दन कुमार साह (गोनु महाजन) ३८५ मतसहित विजयी भए। निकटतम प्रतिद्वन्द्वी चन्दन कुमार साह (शिवजी लज) ले ३५७ मत पाएका थिए।
यस्तै सदस्यहरूमा संजय कुमार गुप्ता (संजु): ४२३ मत, अनिल कुमार साह सोनार ३९६ मत, रमन कुमार चौधरी: ४५७ मत, मुकेश कुमार साह ३७६ मत, मनिभूषण ठाकुर: ३७५ मत, ओमप्रकाश साह: ३१८ मत, रोशन महासेठ ३९६ मत, रुपेश कुमार साह: ३३९ मत, सरोज कुमार साह ३२८ मत सहित जितेका छन् ।
यस्तै महिला सदस्यहरुमा
महिला सदस्य पदमा कमला देवी कोईराला ३३३ मतसहित निर्वाचित भइन्।