Skip to main content

सामाजिक फीड-
३ गते पौष, जनकपुरधाम

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज प्लेअफका दुई खेल हुँदैछन्।

पहिलो खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा बिहान ९ बजे तेस्रो स्थानको चितवन राइनोज र चौथो स्थानको कर्णाली याक्सबीच हुनेछ। यो एलिमिनेटरको खेल हो। खेलको विजेता दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ भने हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ।

दोस्रो खेल दिउँसो १ बजे शीर्ष स्थानको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्सबीच हुनेछ। यो खेलको विजेता सीधै फाइनलमा पुग्नेछ भने हार्ने टोलीले दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नेछ।

दोस्रो क्वालिफायर खेल भोलि दिउँसो १२ बजे हुनेछ। यस खेलको विजेता फाइनलमा स्थान बनाउनेछ भने हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ। एनपीएलको फाइनल खेल आउँदो शनिबार हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *