Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, पुस २ गते ।

नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ का लागि पुरस्कारको घोषणा गरेको छ। क्यानका अनुसार, विजेता टोलीलाई १ करोड १० लाख रुपैयाँको पुरस्कार प्रदान गरिने छ। उपविजेता टोलीलाई ५१ लाख, तेस्रो स्थानमा रहने टोलीलाई २५ लाख र चौथो स्थानमा रहने टोलीलाई १५ लाख रुपैयाँ पुरस्कार प्राप्त हुनेछ।

यसका अतिरिक्त, प्रतियोगिताको उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार दिने क्यानले पहिले नै घोषणा गरेको थियो।

एनपीएल २०२४ को प्लेअफको खेलहरू बुधबारदेखि सुरू हुने छन्, जसमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स शीर्ष चार स्थानमा रहँदै प्लेअफमा पुगिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *