Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, पुस २ गते ।

मलेसिया, बायुमास ओभल – एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ। खेल नेपाली समयअनुसार मध्याह्न पौने १२ बजे मलेसियाको बायुमास ओभलमा सुरु हुनेछ।

यसअघि समूह ‘बी’ अन्तर्गत हिजो भएको खेलमा नेपालले टेस्ट मान्यता प्राप्त पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै सुपर ४ मा स्थान बनाएको थियो।

त्यसअघि आइतबार उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ९ विकेटले हराएको थियो। लगातार दुई खेलमा हार बेहोरेको पाकिस्तान समूह चरणबाट बाहिरिँदा नेपालले एक खेल बाँकी रहँदै सुपर ४ मा प्रवेश पक्का गरेको हो।

प्रतियोगितामा एसियाका ६ टोली सहभागी छन्। समूह ‘ए’मा बंगलादेश, मलेसिया र श्रीलंका रहेका छन् भने समूह ‘बी’मा नेपालसहित भारत र पाकिस्तान छन्।

आज भारतसँगको खेलपछि नेपालले सुपर ४ मा समूह ‘ए’को शीर्ष दुई टोलीसँग प्रतिस्पर्धा गर्नेछ। सुपर ४ का खेलहरू बिहीबार र शुक्रबार हुनेछन्। सुपर ४ को शीर्ष दुई टोलीले आगामी आइतबार उपाधिका लागि फाइनल खेल खेल्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *