Samajik Feed – News Portal from Nepal

बाजुरा जिल्लाको हिमाली गाउँपालिका ३ गुम्बामा रहेको मतदान केन्द्रमा ५५ जना मतदाता मात्र रहेका छन् ।

बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यहाँ ६० जना मतदाता थिए । मृत्यु भएका पाँच जनाको नाम हटाउँदा ५५ जना कायम भएको हो ।

यस जिल्लाका ७० वटा मतदान केन्द्रमा र ११२ मतदान स्थलहरु रहेका छन् । बाजुरामा सबैभन्दा कम मतदाता ५५ जना गुम्बा गाउँको मतदान केन्द्रमा रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । गुम्बा गाउँमा रहेको हिमाल भक्ति आधारभूत विद्यालयमा मतदान केन्द्र राखिएको छ ।

२०७४ सालको पहिलो चरणको स्थानीय चुनाव अगावै गुम्बा गाउँवासीले मतदान गर्नजाँदा बास बस्नुपर्ने बाध्यता थियो । त्यसपछि निर्वाचन आयोगले गुम्बा गाउँको हिमाल भक्ति आधारभूत विद्यालयमा मतदान केन्द्र स्थापना गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *