Skip to main content

सामाजिक फीड-
२५ गते जनकपुरधाम

धनुषा जिल्ला क्रिकेट संघको आयोजनामा आजदेखि राम जानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशाला, रजौल जनकपुरधाम-१४ मा प्रथम महिला क्रिकेट छनौट प्रतियोगिता सुरु भएको छ। यो छनौट प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदद्वारा सञ्चालित प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि खेलाडीहरू चयन गर्न आयोजना गरिएको हो।

प्रतियोगिताको उद्घाटन जनकपुरधाम उपमहानगरका मेयर मनोज साहको उपस्थितिमा सम्पन्न भयो। उद्घाटन समारोहका क्रममा आयोजकले मेयर साहलाई Janakpur Bolts टिमलाई समर्थन गर्ने प्रतीकस्वरूप टिमको टी-शर्ट प्रदान गरे। आयोजकले आगामी दिनमा खेलको निरीक्षणका लागि मेयर साहलाई आमन्त्रण पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *