Skip to main content

सामाजिक फीड-
२५ गते जनकपुरधाम

नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा लुम्बिनी लायन्सले आफ्नो पहिलो जित दर्ता गर्दै चितवन राइनोजलाई ३३ रनले पराजित गरेको छ। लगातार चार खेलमा पराजय भोगेको लुम्बिनीले पाँचौं खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गरेको हो।

लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन मात्र बनाउन सक्यो। चितवनका लुक बेनकेन्सटाइनले टिमका लागि सर्वाधिक ३१ रन बनाए। लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ४ विकेट लिएका थिए।

यसअघि, कप्तान रोहितकुमार पौडेल र पाकिस्तानी ब्याटर साद बिन जाफरबीच सतकीय साझेदारीको मद्दतले लुम्बिनीले १६७ रनको बलियो स्कोर खडा गरेको थियो। ४९ रनमा ४ विकेट गुमाएको अवस्थामा टिमलाई उकास्दै रोहित र सादले महत्वपूर्ण योगदान दिएका थिए।

चितवनका बलर रिजन ढकालले तीन विकेट लिएका थिए भने कप्तान कुशल मल्ल र रन्जित कुमारले समान १–१ विकेट बाँडे। तर, पाकिस्तानी लिजेन्ड बलर सोहेल तनवीरले आज कुनै विकेट लिन सकेनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *