Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
२४ गते जनकपुरधाम

भारतको पन्जाबमा एउटा अनौठो घटना सार्वजनिक भएको छ, जहाँ इन्स्टाग्राममा भेटिएकी युवतीसँग बिहे गर्न आएका बेहुला र उनका १५० जन्ती अलपत्र परेका छन्। २४ वर्षीय दीपककुमार, जो दुबईमा वैदेशिक रोजगारी गर्दै आएका थिए, आफ्नो इन्स्टाग्राम प्रेमिका मनप्रित कौरसँग विवाह गर्न पञ्जाबको मोगा पुगेका थिए।

तीन वर्षसम्म इन्स्टाग्राममार्फत प्रेम सम्बन्ध अघि बढाएपछि युवतीले बिहे गर्न दीपकलाई ‘रोज गार्डेन प्यालेस’ नामक स्थानमा बोलाएकी थिइन्। तर, जन्तीसहित पुगेका दीपकले त्यस्तो ठाउँ नै अस्तित्वमा नरहेको पाए। युवतीसँग सम्पर्क गर्न खोज्दा उनका फोनहरू अफ भेटिए।

दीपकले यस विवाहका लागि लाखौँ खर्च गरेर व्यवस्था मिलाएको बताए। उनले युवतीले बिहेका लागि भन्दै ५०,००० भारुसमेत मागेको उल्लेख गरे। यो घटना ठगीको षड्यन्त्र हो कि युवती समस्यामा परेकी हुन् भन्ने प्रस्ट भइसकेको छैन।

दीपकले स्थानीय प्रहरी चौकीमा उजुरी दिएका छन्। प्रहरीका अनुसार घटनाबारे अनुसन्धान जारी छ। यो प्रकरणले भर्चुअल सम्बन्धमा विश्वास राख्दा सतर्क रहनुपर्ने सन्देश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *