Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

मंसिर २३ ,जनकपुरधाम।

जनकपुरधाममा घरेलू हिंसा विरुद्धको संवाद: न्यायिक भूमिका र चुनौतीमाथि प्यानल छलफल सम्पन् गरेका छन् ।जनकपुरधाममा आयोजित एक विशेष प्यानल छलफल कार्यक्रममा घरेलू हिंसाको वर्तमान अवस्था र न्यायिक भूमिकाको विषयमा गहन संवाद सम्पन्न भयो। एशिया फाउन्डेसनको सहयोग र WOREC (Women’s Rehabilitation Center) को सहकार्यमा WHRD (Women Human Rights Defenders) द्वारा आयोजित यस कार्यक्रममा विभिन्न क्षेत्रका सम्मानित व्यक्तित्वहरूको उपस्थिति थियो।

कार्यक्रमका प्रमुख अतिथि गृह, सञ्चार तथा कानून मन्त्री माननीय राजकुमार लेखीले घरेलू हिंसाका घटनाहरूलाई अन्त्य गर्न न्यायिक र प्रशासनिक संरचनालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

प्यानलमा महोत्तरी जिल्ला अदालतका माननीय न्यायाधीश फन्नेश्वरी घिमिरेले न्यायिक प्रक्रियामा भएका चुनौती र सुधारका आवश्यकताहरूबारे आफ्ना विचार राख्नुभयो। जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले स्थानीय तहको भूमिकालाई सशक्त बनाउनुपर्ने कुरा उठाउनु भयो।

कार्यक्रममा सहभागीहरूले घरेलू हिंसाका घटनाहरूलाई रोक्न कानूनी चेतना, सामुदायिक सहकार्य, र न्यायिक पहुँचलाई सुधार गर्न सामूहिक प्रयासको आवश्यकता औंल्याए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *