Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर २० गते

सीता-राम विवाहपञ्चमी महोत्सवअन्तर्गत आज मटकोर विधि सम्पन्न भएको छ। गंगासागर पोखरीमा माटो ल्याएर सीता-राम विवाहका लागि मडवा र वेदी निर्माण तयारी गरिएको हो।

विवाह पञ्चमी महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव र आज मटकोर विधि सम्पन्न भएको छ।

भोलि स्वयम्वर एवं वैवाहिक कार्यक्रम र शनिबार राम कलेवा विधिसँगै महोत्सव समापन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *