सामाजिक फीड-
जनकपुरधाम, मंसिर २० गते
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले नेपाली समाजमा विद्यमान गरिबी र सामाजिक असमानतालाई थप फराकिलो बनाएको बताएकी छिन्। बिहीबार त्रिभूवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले पछिल्लो समय नेपालमा जलवायु परिवर्तनबाट जनजीवनमा परेको ठूलो असर र त्यसका कारण उत्पन्न प्रकोपका बारेमा पनि चर्चा गरिन्।
उनले जलवायु परिवर्तनका कारण भएका अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, सुख्खा खडेरी जस्ता प्रकोपहरुले गरिब किसान र विपन्न वर्गको जीविकोपार्जनमा प्रत्यक्ष असर परेको बताइन्। साथै, जलवायु परिवर्तनका नकारात्मक प्रभावहरुलाई न्युनिकरण गर्न अनुकुलन क्षमता वृद्धि गर्न आवश्यक रहेको उल्लेख गरिन्।