सामाजिक फीड-
जनकपुरधाम, मंसिर २० गते
जनकपुरधाम उपमहानगरपालिका वडा नं १० स्थित आधारभूत स्वास्थ्य केन्द्रमा महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

बिहीबार आयोजित महिला स्वास्थ्य स्वयंसेविकाको सेवा स्वस्थ समाजका लागि टेवा भन्ने नारा का साथ 21औं महिला सामुदायिक स्वास्थ स्वयंसेविका दिवस वडा नं 10 को कार्यालय,worec,whrd को सहकार्य मा महिला स्वास्थ्य स्वयंसेविका लाई सम्मान र अन्तर्क्रिया कार्यक्रम गर्दै सम्पन्न गरिएको छ। कार्यक्रममा वडाभरि सक्रिय स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गर्दै उनीहरूको योगदानको प्रशंसा गरिएको छ। कार्यक्रममा जनकपुर धाम वाडा नं १० वडाअध्यक्ष मिथिलेश कुमार कर्णले महिला स्वास्थ्य स्वयंसेविकाहरूले समुदायको स्वास्थ्य सेवा सुधारमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका खेल्न प्रेरणा प्रदान गर्ने बताए।

स्वास्थ्य स्वयंसेविकाहरूले परिवार नियोजन, मातृ तथा शिशु स्वास्थ्य, खोप अभियान र अन्य स्वास्थ्य कार्यक्रमलाई सफल बनाउन निर्वाह गरेको भूमिकाबारे स्वास्थ्यकर्मीहरूले पनि चर्चा गरे।

कार्यक्रममा सहभागी स्वयंसेविकाहरूलाई प्रमाणपत्र र सम्मानपत्र प्रदान गरिएको थियो। उनीहरूले समुदायको स्वास्थ्य सुधारका लागि निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरे।
समारोहमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।