सामाजिक फीड-
१९ गते जनकपुरधाम
चितवनमा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ। लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा बुधबार झडप भएको हो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो। रवि लामिछानेका समर्थकहरूले अहिले पनि प्रदर्शन जारी राखेका छन्। मंगलबार काठमाडौंबाट लामिछानेलाई बयानका लागि चितवन लगिएको थियो। बयान नसकिएपछि बुधबार पनि बयान प्रक्रिया जारी छ।
झडपका क्रममा जिल्ला प्रहरी कार्यालय अगाडि स्थित तनावपूर्ण बनेको भए पनि अहिले अवस्था केही मत्थर भएको प्रहरीले जनाएको छ।