Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
१९ गते जनकपुरधाम

नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) अन्तर्गत सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा उच्चस्तरीय अनौपचारिक वार्तापछि यो सहमति भएको हो।

दुवै पक्षबीच प्रारम्भिक मस्यौदामा “ग्रान्ट फाइनान्सिङ” शब्दको समावेशमा मतभेद भएपछि पुनः छलफल भएको थियो। अन्ततः “एड असिसटेन्स फाइनान्सिङ” शब्दावलीमा सहमति जनाइएको बताइएको छ।

प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्दै बीआरआईबाट नेपालको विकासमा लाभ हुने विश्वास व्यक्त गर्नुभएको छ। ओलीले नेपाल र चीनबीचको सम्बन्ध आगामी वर्षहरूमा थप मजबुत हुने र चीनको सहयोगले नेपालमा पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हुने आशा व्यक्त गर्नुभयो।

हिजो प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच भएको द्विपक्षीय वार्तापछि ९ बुँदे सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको थियो। संयुक्त वक्तव्यमा ट्रान्स-हिमालयन सम्पर्क सञ्जाल निर्माण र आपसी विकासमा गहिरो सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने सन् २०२५ लाई लक्षित गर्दै उच्चस्तरीय भ्रमण आदानप्रदान र सहकार्यलाई थप विस्तार गर्ने योजना दुवै पक्षले अघि सारेका छन्।

प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयलाई नेपालको शैक्षिक विकासमा योगदान पुर्‍याउन आह्वान गर्नुका साथै उद्यमी-व्यवसायीहरूसँग छलफल गर्ने कार्यक्रम पनि रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *