Skip to main content

सामाजिक फीड-
१९ गते जनकपुरधाम

मधेश सरकारले विवाहपँचमी र गढीमाई मेलाको अवसरमा प्रदेशभरि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। जनकपुरधाममा प्रत्येक वर्ष मनाइने विवाहपँचमीको अवसरमा मधेश सरकारले शुक्रबार (मंसिर २१ गते) बिदा घोषणा गरेको छ।

यस वर्ष गढीमाई मेलाको पाँचवर्षीय अवसरमा समेत बिदा थप्दै आइतबार (मंसिर २३ गते) सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। बारा जिल्लास्थित प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिरमा प्रत्येक पाँच वर्षमा विशाल मेला लाग्ने गर्दछ। यस मेलामा लाखौँ श्रद्धालुहरू देश-विदेशबाट सहभागी हुन आउने गरेका छन्।

पर्यटन र पर्यटकीय सम्भावनालाई मध्यनजर गर्दै मधेश सरकारले गढीमाई मेलाको अवसरमा पनि बिदा दिने निर्णय गरेको हो। गढीमाई मेला र विवाहपँचमीले धार्मिक र सांस्कृतिक महत्वका साथसाथै मधेश प्रदेशको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *