Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
१९ गते जनकपुरधाम

सीताराम विवाहपञ्चमीको अवसरमा जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा १०८ मिटर लामो ध्वज (चुनरी) चढाइएको छ। शोभायात्रापछि उक्त चुनरी माता जानकीलाई समर्पण गरिएको हो।

भारतको सुरतस्थित जीन माता ट्रस्टले पठाएको चुनरी जानकी मन्दिरमा चढाइएको सीताराम गौशाला जनकपुरधामका अध्यक्ष मनोज रुंगटाले जानकारी दिए। उनका अनुसार जीन माता ट्रस्टले यसअघि ४७५ मन्दिरमा यस्तै लामो ध्वज चढाइसकेको छ।

रुंगटाले भने, “जनकपुरधामका लागि यो ठूलो सौभाग्य हो। ट्रस्टले जानकी मन्दिरमा ध्वज चढाउन चाहना व्यक्त गरेपछि चुनरी पठाइएको थियो, जुन आज चढाइयो।”

चुनरी चढाउन आयोजित शोभायात्रामा नेकपा एमालेकी सांसद जुली महतो समेत सहभागी भइन्। उनले १०८ मिटरको चुनरी माता जानकीलाई चढाउन पाउँदा खुसी व्यक्त गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *