Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
१८ गते जनकपुरधाम

मंसिर १ गतेदेखि सुरु भएको प्रसिद्ध गढीमाई मेलाको अवसरमा बाराका १६ वटै पालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। पालिका प्रमुख, उपप्रमुख, र प्रमुख प्रशासकीय अधिकृतहरूको बैठकले मंसिर २१ देखि २४ गतेसम्म कार्यालय, शैक्षिक संस्था, संघ-संस्था, बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने निर्णय गरेको हो।

गढीमाई मेला बाराको महागढीमाई नगरपालिका, बरियारपुरमा प्रत्येक पाँच वर्षमा आयोजना हुने परम्परागत मेला हो। यस वर्ष मेला मंसिर ३० गतेसम्म चल्नेछ।

महागढीमाई नगरपालिकाले यसअघि नै मंसिर २१ देखि २५ गतेसम्म सार्वजनिक बिदाबारे सूचना जारी गरिसकेको छ। बाराका अन्य पालिकाहरूले पनि बिदासम्बन्धी सूचना प्रकाशन गरिरहेका छन्।

मेला व्यवस्थापनका लागि १६ वटै पालिकाले सहकार्य गर्ने सहमति गरेको मेला मूल व्यवस्थापन समितिले जनाएको छ। शनिवारदेखि नै मेलामा दर्शनार्थीहरूको भीड बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *