सामाजिक फीड-
१८ गते जनकपुरधाम
सिरहामा मदिरा तस्करद्वारा गाडीले ठक्कर दिई हत्या गरिएका सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मणप्रसाद यादवको प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
आइतबार बिहान सिरहा प्रहरीको नियन्त्रणमा परेका दुई व्यक्तिमाथि आवश्यक छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरी उपरीक्षक रमेश पण्डितका अनुसार घटनामा संलग्न गाडी र व्यक्तिहरूको पहिचान गर्ने काम तीव्र रूपमा अघि बढिरहेको छ।
बडहरीस्थित बेस क्याम्पमा कार्यरत यादव ड्युटीमा खटिएका बेला बरियारपट्टी गाउँपालिका–१ को कचनारी क्षेत्रमा आइतबार बिहान ३ बजे घटना भएको थियो। नेपाल हुँदै भारततर्फ मदिरा तस्करी गर्दै गरेको स्कोरपियो गाडी रोक्न खोज्दा तस्करले उनलाई गाडीले किचेर हत्या गरेका थिए। सवारी चालक फरार भएका छन्।
यस घटनापछि प्रहरीको अनुसन्धान जारी छ।