सामाजिक फीड-
जनकपुरधाम, मंसिर १७ गते ।
काँग्रेसको विरासत भत्काउँदै धनुषाको धनुषाधाम नगरपालिका–१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका सुनिल कापर केवट निर्वाचित भएका छन् । उनी ६८४ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार अशोक कुमार मण्डल ६०२ मत प्राप्त गरेका छन् । यस्तै जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले ४९९, एमालेका प्रमोद यादवले ३६४, राप्रपाले २७ रास्वपाले १० र यस्तै जनमतले २५ पाएका छन् ।
धनुषाधाम नगरपालिका १ मा नेकपा माओवादी केन्द्रलाई एकीकृत समाजवादीले सहयोग गरेको थियो ।
यहाँ २२५८ मत खसेको थियो । यो वडामा नेपाली कांग्रेसका विश्वनाथ यादव २०७४ र २०७९ को चुनावमा लगातार दुईपटक चुनाव जितेका थिए । उनको मृत्युपछि उपचुनाव भएको थियो ।