Skip to main content

सामाजिक फीड-
१६ गते जनकपुरधाम

देवाही गोनाही नगरपालिका–३, देवाही टोलमा ३० वर्षीय रबिन बैठाले आफ्नै ७० वर्षीय बुवा कंचन बैठाको घाँटीमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका छन्।

यो घटना आज बिहान भएको हो। हतियार प्रहारपछि कंचन बैठाको अवस्था चिन्ताजनक बनेको छ। उनलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित अस्पताल लगिएको छ।

इलाका प्रहरी कार्यालय देवाही गोनाहीका अनुसार आरोपी रबिन बैठालाई नियन्त्रणमा लिइएको छ र घटनाको कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको छ।

स्थानीयहरूले घटनाप्रति चासो देखाउँदै यसलाई समाजमा बढ्दो घरेलु विवादको समस्यासँग जोडेर हेरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *