Samajik Feed – News Portal from Nepal

सामाजिक फीड, जनकपुरधाम,

१० मंसिर २०८१, सोमवार

राहदानी विभागले सेवा पूर्णरूपमा सञ्चालनमा ल्याउन अझै एकदेखि दुई साता लाग्ने जानकारी गराएको छ। विभागले आइतबार सूचना जारी गर्दै प्रणालीमा देखिएको भाइरसको जोखिमलाई नियन्त्रण गर्न सेवा बन्द गर्नुपरेको स्पष्टीकरण दिएको छ।

विभागका अनुसार राहदानी आवेदन प्रणालीमा भाइरस प्रवेश गरेपछि सुरक्षालाई ध्यानमा राख्दै तत्कालै सेवा रोकिनु परेको हो। यद्यपि, आंशिक रूपमा सेवा पुनः सुरु गरिएको जनाइएको छ।

विभागले केही दिनभित्र नयाँ आवेदन फारम भर्नका लागि बुकिङ्ग खुला गर्ने योजना सुनाएको छ। साथै, सेवाग्राहीको डाटा सुरक्षित रहेको र पर्याप्त सतर्कता अपनाइएको दाबी गरिएको छ।

यसबीच, राहदानी सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन्। आइतबार मात्र नाराबाजी गर्दै असन्तुष्टि जनाएका सेवाग्राहीहरूले सेवा छिटो सञ्चालन गर्न माग गरेका थिए।

विभागले समस्या समाधान गरी सेवा छिटो पुनः सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *