Samajik Feed – News Portal from Nepal

सामाजिक फीड, जनकपुरधाम,९ मंसिर २०८१, आइतवार

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले म्याद थप गरिदिएको छ । न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछाने सहित अन्य तीन जनालाई १५ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।

लामिछाने सहित पूर्व डीआईजी छविलाल जोशी, रामकुमार खनाल र लीला पछाईलाई १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । अहिले लामिछानेलाई अदालतबाट जिल्ला प्रहरी कार्यालयतिर लगिएको छ ।

यसअघि कात्तिक २५ गते थपिएको १३ दिने म्याद सकिएलगत्तै आज लामिछानेलाई अदालत उपस्थित गराइएको थियो । कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधका साथै सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा जोडिएका लामिछानेलाई काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा अनुसन्धानका लागि पनि पक्राउ पुर्जी जारी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!