२९ कार्तिक, जनकपुरधाम। जनकपुर उपमहानगरपालिकाबाट करिब १५ किलोमिटर टाढा रहेको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने उक्त टोल २२ गरिब मुसहर परिवारको कुल १३१ सदस्य रहेको बस्ती हो। बस्ती करिब तीन कठ्ठा जमिन (लगभग १०,९३५ वर्ग फिट) मा फैलिएको छ।

मुसहरहरू पुस्तादेखि यी झुपडीहरूमा बस्दै आएका छन्। र अधिकांश बासिन्दाहरूसँग उनीहरूको झुपडी ओगटेको जग्गाको लागि जग्गा दर्ता प्रमाणपत्र छैन। जागा प्रमाणपत्र बाहेक कतिपय बसिन्दा सँग नागरिकता समेत रेहको छैन्। बिना नागरिकताको यो देशमा एउटा सिम कार्ड समेत किन्न नसक्नेले जमिनको प्रमाणपत्र लिन तँ परै जाओस्। जनप्रतिनिधि कति आएँ कति गए तर मुखियापट्टिको मुश्हर टोल अझै पनि अलपत्र छन्।