सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २० गते।
अमेरिकाको ४७ औं राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ। न्यु ह्याम्पशायरको सानो सहर डिक्सभिल नचमा मध्यरातमा मतदान सुरु भएको हो, जहाँ ६० वर्षदेखि सबैभन्दा पहिले मतदान गर्ने परम्परा छ।
डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प प्रतिस्पर्धामा छन्। सर्वेक्षणहरू अनुसार प्रतिस्पर्धा कडा देखिएको छ, जसमा ह्यारिस र ट्रम्पलाई समान ४९ प्रतिशत समर्थन प्राप्त भएको छ। निर्णायक राज्यहरूमा २७० इलेक्टोरल मत आवश्यक छ।
लगभग ७ करोड अमेरिकीले पहिले नै मतदान गरिसकेका छन्, जसले यस निर्वाचनमा विश्वभरको चासो केन्द्रित गरेको छ।