सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १८ गते।
रुसले गुगलमाथि अभूतपूर्व रकमको जरिवाना लगाएको छ। यूट्युबमा प्रोक्रीमलिन च्यानलहरू रोकिएको कारण गुगलले अब रुसलाई २ अनडेसिलियन रुबल—२ पछि ३६ वटा शून्य—बुझाउनुपर्नेछ। यो रकम करिब २० डेसिलियन डलर वा २० बिलियन ट्रिलियन ट्रिलियन अमेरिकी डलर बराबर रहेको छ, जुन विश्वको कुल अर्थतन्त्रभन्दा धेरै ठूलो हो।
रुसको सरकारी सञ्चार माध्यम टासको रिपोर्ट अनुसार, रुसको एक अदालतले यसअघि गुगललाई ती यूट्युब च्यानलहरू पुनःस्थापना गर्न आदेश दिएको थियो। ती च्यानलहरू २०२२ देखि रोकिएका छन्, र अहिले हप्तामा जरिवाना दोब्बर हुँदै गइरहेको छ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले एक पत्रकार सम्मेलनमा यस रकमलाई “प्रतीकात्मक” भएको बताएका छन्। गुगलले हाम्रो प्रसारणकर्ताहरूलाई यूट्युबमा रोक्नु हुँदैन भन्ने उनको भनाइ छ।
युक्रेनमाथि आक्रमणपछि गुगलले रुसमा आफ्नो सञ्चालनलाई कम गरेको थियो तर पूर्ण रूपमा बाहिरिएको थिएन। अन्य केही अमेरिकी प्राविधिक कम्पनीहरू बाहिरिएका बेला गुगलका सेवा जस्तै सर्च र यूट्युब अझै पनि रुसमा उपलब्ध छन्।