Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १३ गते।

जनकपुरधामस्थित पीडारीचोकमा रहेको एस.आर. इन्टरनेशनल नामक पसलबाट फिल्मी शैलीमा दुई लाख ३५ हजार बराबरको सामग्री ठगी गरी एक युवक फरार भएका छन्। पसलका सञ्चालक रामचन्द्र पँजियार (करण) का अनुसार मधेश प्रदेश, पर्सा जिल्लाका विकास साह नामक युवकले छ वटा ब्याट्री र एउटा अनलाइन यूपिएस लिएर ठगी गरेको आरोप छ।

सोमबार, बागमती प्रदेश ०१-०२५ च ३७१६ नम्बरको रातो क्रेटा कारमा आएका दुई युवकले जनकपुरको गंगासागर र कदमचोकको बीचमा रहेको एक ब्यूटी स्टुडियोका लागि इन्वर्टर जडान गर्न सामान अर्डर गरेका थिए। पँजियारले सामान स्टोकमा रहेको भन्दै जडानको तयारी गरेका थिए। तर, भोलिपल्ट जडानका लागि प्राविधिकले सामान लिएर स्टुडियोमा पुगेपछि साहले फोन मार्फत सामान त्यहीं छाडेर अर्को दिन जडान गर्न आग्रह गरेका थिए।

प्राविधिकहरु सामान छाडेर फर्केपछि साहले सोही सामान लिएर फरार भएको खुल्न आएको छ। पँजियारका अनुसार विकास साहले २ लाख ३५ हजारको चेक दिए पनि उक्त चेक बैंकमा ‘ब्ल्याक लिस्ट’मा रहेको पत्ता लागेको छ।

घटनामा संलग्न विकास साहको सम्पर्क नम्बरबाट पछिल्लो समय कुनै उत्तर प्राप्त नभएको र ट्रूकलरमा नाम ‘यादव ब्राण्ड’ देखा परेको पँजियारले जनाएका छन्। साथै, साहले जिस स्टुडियोमा जडान गराउन भनिएको थियो, उक्त सैलुन चार महिना अगाडि नै बिक्री भइसकेको पत्ता लागेको छ।

सञ्चालक पँजियारले धनुषा जिल्ला प्रहरी कार्यालयमा ठगी सम्बन्धी निवेदन दिएर दोषीलाई कारबाहीको माग गरेका छन्।

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *