Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
सर्लाही, असोज १८ गते ।

सर्लाहीको बसबरिया गाउँपालिका–४, गोनरवामा १२ वर्षीय चन्दन भण्डारीको नहरमा डुबेर मृत्यु भएको छ। उनी स्थानीय सुरेन्द्र भण्डारीका छोरा हुन् ।

आज साँझ करिब ४ः४० बजे, चन्दन घरबाट ५०० मिटर पूर्वमा रहेको झाझपुल नहरमा नुहाउन गएका थिए । त्यही क्रममा उनी जमेको पानीमा डुबेका थिए। माछा मारिरहेका स्थानीयले उनलाई डुबिरहेको देखेर उद्धार गरी सर्लाहीको बरहथवास्थित गोल्डेन अस्पतालमा भर्ना गराएका थिए ।
उपचारको क्रममा चिकित्सकहरूले साँझ ५ः१८ बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, बालकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *