Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, असोज २ गते।

प्युठान नगरपालिका-७ पाखाडेरा निवासी २९ वर्षीय मेघराज योगीलाई १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

मेघराजले ती किशोरीलाई सोही क्षेत्रको गौरा जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

घटनाको उजुरी प्राप्त भएपछि प्रहरीले तदारुकताका साथ अनुसन्धान प्रक्रिया अघि बढाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *