Samajik Feed – News Portal from Nepal

२८ कार्तिक, जनकपुरधाम। मङ्सिर ४ गते हुने निर्वाचन को दिन बिना अनुमतिपत्रको पनि अति आवश्यक गाडीहरुलाई संचालन गर्न दिने भएको छ। जस्मा आयोग ले भनेको बिरामी बोकेको एमबुलेन्स, शव वाहन, दमकल, दुध बोक्ने सवारी साधनलाई मतदानको दिन पास को आवश्यता नपर्ने जनाएको छ।


यस्तै, सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार माहतहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानूनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचय पत्र बाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन, दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधनलाई पासको आवश्यकता नपर्ने आयोगले जनाएको छ ।


साथै, अस्पतालमा कार्यरत कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मी को आगमनको लागि प्रयोग हुने सवारी साधन, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन, फलफूल तथा विद्युत सेवका लागि प्रयोग हुने सवारी साधन, कूटनीतिक नियोग, यूएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन, सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन, आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधनलाई पासको आवश्यकता नपर्ने निर्वाचन आयोगले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *