२७ कार्तिक, जनकपुरधाम। महोत्तरी जिल्लाको औरही निवासी नेहा चौधरीको घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई तुरुन्त कानुनी दायरामा ल्याउन मधेशी आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ |

आयोगले उजुरी प्राप्त भएपछि प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै सो घटनामा के कसो भएको हो छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन कारवाहीको प्रक्रिया अगाडी बढाउन र सो बारेमा आयोगलाई पनि जानकारी गराउन पत्र पठाएको छ |
आयोगका माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यूले तराई-मधेशमा दाइजोले गर्दा घरेलु हिँसाको समस्या यथावत रहेको र आयोगमा सो संग सम्बन्धित विभिन्न उजुरीहरु आउने गरेको र सो समस्याहरु प्रति आयोग गम्भीर रहेको बतानुभएका छन् | मा.अध्यक्ष डा.दत्तज्यूले सोचमा परिवर्तन र चेतनाको स्तर वृद्धि नभए सम्म यस्ता समस्याहरुले समाजमा कैयो चेलीबेटीहरु यातनाको शिकार बन्ने कुरा डरलाग्दो रहेको समेत बताउनुभएका छन् |
करिब ८ महिना पहिले महोत्तरीको रामगोपालपुर घर भएको डा.पंकज चौधरी संग विवाह भएको नेहा चौधरीलाई दाइजो को नाममा श्रीमान र ससुराली पक्षले शारीरिक तथा मानसिक यातना दिएको उजुरी आयोगमा परेको छ |