सामाजिक फीड
११ साउन २०८१, शुक्रवार
जनकपुरधाम। शिवराम यादवलाई मधेश प्रदेश लोक सेवा आयोगको अध्यक्षमा नियुक्त गरिने भएको छ। मुख्यमन्त्री सतिशकुमार सिंहले यादवलाई नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सिफारिस गरेका छन्।
शुक्रबार यादवको नियुक्ति र शपथग्रहण समारोह सम्पन्न हुनेछ। ५७ वर्षीय यादव सिरहा नगरपालिका वडा नम्बर १३, गमहरियाका निवासी हुन् र उनले सिंघानिया युनिभर्सिटी, भारतबाट पीएचडी गरेका छन्।
गत फागुनमा उमेर हदका कारण सुरेन्द्र प्रसाद यादव पदमुक्त भएपछि अध्यक्ष पद रिक्त थियो। आयोगका कार्यहरू पाँच महिनादेखि ठप्प रहेका छन्, जसमा अब सुधार आउने अपेक्षा गरिएको छ।