Skip to main content

समजिक फीड
जनकपुरधाम, असार २०

धनुषा, बअुहर्वाको एक सार्वजनिक पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। मृतक बालिकाहरू १० देखि १२ वर्ष उमेरका मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेको प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवालेले जानकारी दिएका छन्।

घटना बिहीबार दिउँसो सवा १२ बजेतिर घटेको हो। स्थानीयहरूले पोखरीमा बालिकाहरूलाई डुबिरहेको देखेपछि तत्काल उद्धार गरेका थिए। उद्धार प्रयासका क्रममा जनकपुर प्रादेशिक अस्पताल लैजाँदै गर्दा एक बालिकाको बाटोमै मृत्यु भयो भने बाँकी दुई बालिकाको अस्पतालमा निधन भयो।

यो दुःखद घटनाले सम्पूर्ण समुदायलाई शोकमा डुबाएको छ। प्रहरी र स्थानीय अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *